News Details Home / News Details

Sports . 10th Dec, 2023
गण्डकी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड उपाधि ज्ञानमार्ग मा.वि लाई
२३ मंसिर, भुम्लिचोक । गण्डकी गाउँपालिका स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नं ७ स्थित श्री ज्ञानमार्ग मा.वि. ले जितेको छ । ज्ञानमार्ग मा.वि. कै खेल मैदानमा मंसिर २१ देखि २३ गते सम्म सञ्चालित प्रतियोगितामा ९ स्वर्ण ३ रजत र २ कास्य पदक सहित विध्यालयले यस पटकको रनिङ शिल्ड उचाल्न सफल भएको थियो । ज्ञानमार्गको जितमा छात्र मनिष गुरुङ तथा छात्रा रन्जिता वि.क. को विशेष योगदान रह्यो । छात्र मनिष गुरुड ले एकल विधामा ४ स्वर्ण जित्दा छात्रा रन्जिता विक ले ३ स्वर्ण जित्दै विध्यालयलाई समग्र पदक तालिकामा अगाडि ल्याउन सफल भए । यसै गरी प्रतियोगितामा वडा नं ४ श्री दिर्घेश्वर मा.वि. ५ स्वर्ण ३ रजत तथा ३ कास्य सहित दोस्रो हुन सफल भयो भने साविक विजेता वडा नं ८ स्थित श्री सुर्योदय मा.वि. ४ स्वर्ण ५ रजत तथा ५ कुय पदक सहित तेस्रो हुन सफल भयो । प्रतियोगिताको सर्वोत्कृष्ट छात्र तथा छात्राको उपाधि समेत श्री ज्ञानमार्ग मा.वि. कै छात्र तथा छात्राले जित्न सफल भए । छात्र तर्फ मनिष गुरुङ तथा छात्रा तर्फ रन्जिता विक सर्वोत्कृष्ट हुदै गाउँपालिका द्धारा घोषणा गरिए बमोजिमकै वार्षिक रु एक लाख सम्मको छात्रवृत्ती जित्न सफल भए ।सम्पूर्ण विजेताहरुलाई गाउँपालिका अध्यक्ष श्री दिपक तिमिल्सिनाज्यू वडा अध्यक्षज्यूहरुबाट पदक तथा प्रमाणपत्र हस्तानतरण भएको थियो ।
Leave A Comment
Sing in to post your comment or singup if you don’t have any account.
0 Comments